मृत महिलाको गर्भाशयबाट अर्की महिला आमा बनिन्

मृत महिलाको गर्भाशयबाट अर्की महिला आमा बनिन्

पुष १४, काठमान्डौ । चिकित्सा इतिहासमै पहिलो पटक कुनै महिलाले मृत महिलाको गर्भाशय प्रत्यारोपण युटेरस ट्रान्सप्लान्ट गरेर स्वस्थ शिशुलाई जन्म दिएकी छन् ।

ब्राजिलमा यो अपरेशन दुई वर्षअघि गरिएको थियो । तर यो कुराको जानकारी चिकित्सकहरुले अहिले सार्वजनिक गरेका हुन् । लेन्सेट जर्नलमा प्रकाशित शोधमा जनाइए अनुसार गर्भाशयको समस्यासँग जुधिरहेका महिलाका लागि यसलाई ठुलो उपलब्धी मानिएको छ ।गर्भाशय प्रत्यारोपणपछि एक आमाले सन् २०१६ मा बालिका शिशुलाई जन्म दिएकी थिइन् । अहिलेसम्म गर्भाशयको समस्यासँग जुधिरहेका महिलासँग धर्मपुत्ररपुत्री स्वीकार्ने या सेरोगेट ९भाडाको कोख० नै आमा बन्ने विकल्प थियो ।

ब्राजिलमा सफल हुनु पहिल अमेरिका, चेक रिपब्लिक र टर्कीमा मृत महिलाको गर्भाशय प्रत्यारोपणका १० वटा प्रयास भइसकेका थिए । वैज्ञानिकका अनुसार ५०० मा एक महिलालाई गर्भाशयको संरचना, गर्भाशयोच्छेदन र संक्रमण हुन्छ । जसका कारण उनलाई गर्भधारण गर्न समस्या हुन्छ ।साओ पाउलो विश्वविद्यालयका डाक्टर दानी एजेनबर्गका अनुसार यो सफलतापछि अब गर्भ नबस्ने समस्या रहेका महिलालाई मृत महिलाको गर्भाशय प्रत्यारोपण गरी आमा बन्ने बाटो खुलेको छ ।

५ महिनापछि गर्भाशयलाई शरीरले स्वीकार गरेको कुनै संकेत मिलेसँगै महिनावारी पनि नियमित हुन थाल्यो । प्रत्यारोपणको सात महिनापछि नयाँ गर्भाशयमा शुक्रकिट पठाइयो । १० दिनपछि डाक्टरहरुले गर्भधारणको सूचना दिएका थिए । ३२ हप्तासम्म गर्भधारण सामान्य थियो । ३६ औँ सातामा महिलाले २।५ किलोको शिशुलाई सिजेरियन प्रविधिबाट जम्म दिइन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.