प्रदेश सरकारले तनहुँ बेलचौतारामा आफ्नै विश्वविद्यालय खोल्ने निधो

प्रदेश सरकारले तनहुँ बेलचौतारामा आफ्नै विश्वविद्यालय खोल्ने निधो

पोखरा । गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा आफ्नै विश्वविद्यालय खोल्ने निधो गरेको छ । बेलचौतारामा गण्डकी विश्वविद्यालय खोल्ने निधो गर्दै भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गा हस्तान्तरण गर्न प्रदेशले केन्द्र सरकारसँग माग गरेको हो ।

प्रा.डा. गणेशमान गुरुङको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले भानुभक्त क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्न सकिने सुझावसहितको प्रतिवेदन गत असारमा प्रदेश सरकारलाई बुझाएको थियो । भानुभक्त क्याम्पस, यसको स्वामित्वमा रहेको जग्गा र थप सार्वजनिक जग्गा पनि रहेकाले त्यहाँ विश्वविद्यालय खोल्न उपयुक्त हुने सुझाव समितिको थियो ।

समितिको प्रतिवेदनमाथि छलफल गर्दै मन्त्रिपरिषदले बेलचौतारामा नै विश्वविद्यालय खोल्ने निधो गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कुल ४ सय ७५ रोपनी क्षेत्रफल जग्गा प्रदेशलाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

केन्द्र सरकारले जग्गा सहजै जग्गा उपलब्ध गराएर अब बेलचौतारामै प्रदेशस्तरीय विश्वविद्यालय खुल्नेछ । विश्वविद्यालय खोल्न प्रदेश सरकारले कानुनको मस्यौदा तयार पारिरहेको छ भने विश्वविद्यालयको स्वरुप र सञ्चालन ढाँचा अध्ययन गर्न कार्यदलसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.