पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब ‘बुटिक एयरपोर्ट’

पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब ‘बुटिक एयरपोर्ट’

पुष ,८ काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो ।

नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायतका नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर यो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

महाप्रबन्धक क्षेत्रीले विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न नेपाली मौलिकता झल्कने गरी आवश्यक व्यवस्था गर्न ५ जना इन्जिनियरहरुको सर्भेको काम सुरु गरेको पनि जानकारी गराए ।विमानस्थल सुधार कार्यक्रम अन्तरगत आगन्तुकहरुको बस्ने कुसी एक हजार वटा हाल थप गरिएको छ । त्यसैगरी विमानस्थल भित्र एसी पनि संचालनमा ल्याइएको छ ।

विदेशी पर्यटकहरुलाई ध्यानमा राखेर एसीको पनि उचित प्रबन्ध गरिएको पनि विमानस्थलले जनाएको छ । नेपाली सेनासँग सो जग्गाबारे छलफल गर्ने पनि महाप्रबन्धक क्षेत्रीले बताए । विमानस्थलले टयाक्सी पार्किङको कामलाई पनि व्यवस्थित बनाउन सुरु गरेको छ ।त्यसैगरी यात्रुहरुको मागलाई ध्यानमा राखेर विमानस्थलको सेवा २१ घण्टाबाट थप गरी २२ घण्टा पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.