शिक्षकले राजनीति गरे जागिर फुस्किने

शिक्षकले राजनीति गरे जागिर फुस्किने

पुस ४, शिक्षकले राजनीति गरे जागिर फुस्किने भएको छ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको हो । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आएपनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन ।

नेपाली राजनीतिक सशक्त बनाउने काम नै विद्यालयका शिक्षकले गर्दै आएका थिए । कतिपय नेताहरु पूर्व शिक्ष्क हुन् । तर अहिले भने तिनै नेताहरुले राजनीति गर्ने शिक्षकलाई हटाउने योजना बनाइरहेका छन् ।

सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । कुनै पनि विद्यालय शिक्षकले अब उप्रान्त कुनै पनि राजनीतिक दलको पार्टी सदस्य तथा समिति पदाधिकारी हुन नपाउने, भएमा शिक्षक पद बाँकी नरहने कानुनी ब्यवस्था गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.