माेरङका सबै स्थानीय निकायमा ‘बर्थिङ सेन्टर

माेरङका सबै स्थानीय निकायमा ‘बर्थिङ सेन्टर

मसिंर , २७ विराटनगर । मोरङका स्थानीय स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याइएको हो । बर्थिङ सेन्टरको सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन् ।। बर्थिङ सेन्टरको सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन् ।

धनपालथान गाउँपालिकाले ‘वर्थिङ सेन्टर’ मा प्रसूति गराएर पहिलो छोरी जन्माउने आमालाई रु पाँच हजारका साथै नेपाल सरकारले दिँदै आएको रकममा थप पाँच सय प्रदान गर्ने निर्णयसमेत गरेको छ । बर्थिङ सेन्टरमा सुुत्केरी गराउने महिलालाई निःशुुल्क औषधि र अन्य सेवासमेत दिँदै आएको उक्त गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ऋषिराम सेठले बताए । सेवा सञ्चालनमा आएपछि प्रसूति गराउन सहज भएको सोही गाउँपालिकाका–३ वथुनीदेवी यादवको भनाइ थियो ।

प्रसूति सेवाका कुनै खर्च नलाग्ने तथा सहज रूपमा आफ्नै क्षेत्रमा सेवा प्राप्त भएकामा धनपाल( २ की रामदुलारी महतोले खुशी व्यक्त गर्दै उक्त सेवालाई अझ विस्तारमा जोड दिइन् ।सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालन गर्नु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आउने सङ्ख्यामा वृद्धिले आमा तथा बच्चाको मृत्यु सङ्ख्यामा समेत न्यूनीकरण गर्न सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्