सन् १९९४ मा मिस वर्ल्डको उपाधि जेतेकी ऐश्वर्याले त्यागेकी थिइन् यी बलिउड सुपरहिट चलचित्र

सन् १९९४ मा मिस वर्ल्डको उपाधि जेतेकी ऐश्वर्याले त्यागेकी थिइन् यी बलिउड सुपरहिट चलचित्र

मंसिर २६, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको आज ४५औ जन्मदिन हो । ऐश्वर्या सन् १९७३ नेभेम्बर १ मा भारतको कर्नाटकामा जन्मिएकी हुन् ।

सन् १९९४ मा मिस वर्ल्डको उपाधि जेतेकी ऐश्वर्याले ताल, हम दिल दे चुके सनम, धूम २, देवदास, रोबोट र गुरू जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेकी छन् । तर ऐश्वर्या कयौ सुपरहिट चलचित्रमा अभिनय गर्न भने अस्वीकार गरेकी थिइन् । हेरौ उनले अस्वीकार गरेका सुपरहिट चलचित्र ।

राजा हिन्दुस्तानी
सन् १९९६ मा रिलिज भएको चलचित्र राजा हिन्दुस्तानीमा अभिनयको लागि करिश्मा कपूरभन्दा पहिले ऐश्वर्या रायलाई अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न अस्वीकार गरिन् । पछि निर्देशक धर्मेश दर्शनले आमिर खानको जोडिको रुपमा करिश्मा कपूरलाई चलचित्रमा ल्याए । चलचित्र सुपरहिट भयो ।

कुछ कुछ होता है
सन् १९९९८ मा सार्वजनीक भएको चलचित्र कुछ कुछ होतामा करण जौहरले टीनाको भुमिकामा ऐश्वर्यालाई अफर गरेका थिए । तर उनले चलचित्रमा अभिनय गर्ने इच्छा देखाइनन् । चलचित्रमा टिनाको भुमिका रानी मुखर्जीले गरिन् । चलचित्र सुपरहिट हिट साबित भयो।

मुन्नाभाई एमबीबीएस
आफ्नो फिल्मि करियरमा ऐश्वर्या चर्चीत निर्माता तथा निर्देशक राज कुमार हिरानीसँग पनि काम गर्न चुकेकी छन् । उनलाई मुन्नाभाई एमबीबीएस अफर गरिएको थियो । उनलाई चलचित्रमा शाहरुख खान मुन्नाभाई एमबीबीएसको मुख्य भुमिकामा रहने समय अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न मानिन् । पछि चलचित्रमा संजय दत्तलाई मुख्य भुमिकामा लिइयो । साथै संजय दत्तको अपोजिटमा ग्रेसी सिंहलाई खेलाइयो । चलचित्र हिट रह्यो ।

वीर जारा
निर्देशक यश चोपडाको चलचित्र वीर जारामा ऐश्वर्यालाई प्रिटी जिन्टाको रोल अफर गरिएको थियो । तर उनले सो चलचित्रमा पनि अभिनय गरिनन् । चलचित्र हिट भयो साथै प्रीतिले चलचित्रका लागि निकै तारीफ पाइन् ।

भूल भुलैया
भूल भुलैयामा विद्या बालनले मन्जोलिकाको भुमिकामा जबरदस्त अभिनय गरेकि छन् । यो चलचित्र पनि ऐश्वर्याले अभिनय गर्न अस्वीकार गरेकी थिइन् ।

नमस्ते लण्डन
विपुल शाहको चलचित्र नमस्ते लण्डन हिट भयो । चलचित्रमा ऐश्वर्यालाई कट्रिना कैफको भुमिकामा अभिनय गर्न भनिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्ने इच्छा देखाइनन् ।

दोस्ताना
ऐश्वर्यालाई चलचित्र दोस्तानामा लीड रोलको अफर गरिएको थियो । तर उनले सो रोल नगर्ने बताइन् । पछि चलचित्रमा प्रियंका चोपडा देसी गर्ल बनेर चर्चीत भइन् ।

चलते चलते
चलते चलतेमा पहिले रानी मुखर्जीको ठाँउमा ऐश्वर्या राय थिइन् । तर सो समयका प्रेमि सलमान खानले चलचित्र सेटमा हंगामा गरेपछि उनले चलचित्र छोड्नु परेको थियो ।

कृष
ऐश्वर्यालाई कृषमा पनि अफर गरिएको थियो । तर उनले चलचित्र नगर्ने भनेपछि प्रियंका चोपडाले अभिनय गरिन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.