शैली थिएटरमा “विवाहको प्रस्ताब”

शैली थिएटरमा “विवाहको प्रस्ताब”

शैली थिएटरले एक जना चर्चित रुसी साहित्यकार आन्तोंन चेकोभको एकाकंकी नाटक “बिवाहको प्रस्ताब“ (द म्यारिज प्रपोजल) मन्चन गरिएको छ । पहिलो चरणमा, रुसी सांस्कृतिक केन्द्रमा बुधबार र बिहिबार मन्चन भएको यो नाटक केहि दिनको बिश्राम पछि पुनः देखाइने शैली थिएटरले जनाएको छ । बिहेसँग जोडिएको सरल कथाबस्तुलाई चेकोभको यस नाटकले हास्यास्पद अबस्था सृजना गरि सामाजिक चाल चलनलाइ व्यङ्ग्य गरेको छ ।

[ नाटकको चिरफार ]

नाटकको सुरुवात एक ७० बर्षिया वृद्ध, स्टिपान स्टेपानोभिज र उसको ३५ बर्षिय छिमेकी इभान भ्यासिलिचको बार्तालापबाट हुन्छ । सामान्य कुराकानी पछी इभानले स्टिपानकि छोरी, नतालियाको हात माग्ने पुग्छ । स्टिपान निकै खुसी हुँदै आफ्नी छोरीलाई केटासंग भेट्न भनेर पठाउछ तर उक्त केटाले बिहेको प्रस्ताब गर्न आएको बारे केही बताउदैन । कथाले तब नयाँ मोड लिन्छ जब बिभिन्न कारणबस, इभान र नतालिया बीच जमिनको स्वामित्वबारे विवाद बढ्न थाल्छ । बाबुको पुन प्रबेशसंगै झगडाले उग्ररूप लिन्छ र आखिरमा आफ्नै विवाहको प्रस्ताब लिएर आएको इभानलाई गलत्याएर बाहिर निकालिन्छ । जब बाबुले छोरीसंग इभान बिहेको प्रस्ताब गर्न आएको जिकिर गर्छ तब छोरी अचम्मित हुन्छ । उसलाई बल्ल थाहा हुन्छ कि इभानले घुमाएर बिहेको प्रस्ताव गर्न लाग्दा जमिनको विवाद भएको, त्यसैले बाबूलाई तुरुन्त इभानलाई फर्काएर ल्याउन जिद्दी गर्छे । बाबुले मन नलागी केटोलाई फेरि फर्काए पनि यसपाली उनीहरु कसको कुकुर असल भन्ने बिषयमा विवाद गर्छन् । अब इभान नतालियासँग बिहे नहुने पक्कापक्की भयो भनि मुर्छा परेको नाटक गर्छ । बाबू छोरी निकै आत्तिन्छन । बाबुछोरीको मनोदशा बुझेर इभान बिउँझेको नाटक गर्छ । त्यसपछि स्टेपानले दुबैलाई बिबाह गर्न राजी गराउछन् । तर इभान र नतालिया बीच अझै पनि प्रशस्तै विवाद हुने सम्भावना देखाउदै नाटक सकिन्छ ।

सशांक बोहोरा (इभान) र स्नेहा पौडेल (नतालिया) ले बिवाह गर्ने उमेरका युवायुवतीको भूमिकामा दर्शकलाई स्वाभाविक रुपमा हसाउछन् । उनीहरु बिच हुने विवाद अनि केहि समयमा नै एक अर्का प्रतिको आकर्षण बढो रुचिपूर्ण तरिकाले देखाइको छ । नाटकमा २६ बर्षे युवा कलाकार सुबास सुबेदीले ७० बर्षे स्टेपान स्टेपानोभिचको भूमिकालाई न्यायपूर्ण तरिकाले निर्वाह गरेका छन् । सुबेदी भन्नुहुन्छ, “मेरो वास्तविक उमेर भन्दा झन्डै तेब्बर उमेरमा आफुलाई र्पुयाउन निकै कठिन काम थियो । मेरै गाउँका हजुरबुवाहरुको हाउभाउ र स्वरको नक्कल गरि सो पात्रमा छिर्ने कोसिस गरेको छु । निर्देशकको सल्लाह, भेषभुषा, अनि अन्य भूमिका गर्ने कलाकार साथीहरु सशांक र स्नेहाको अभिनय र मन छुने संगीतले मेरो कामलाइ सजिलो बनाइ दियो ।“ सेटमार्फत दृश्यमा देखाइएको बातावरण र भेषभुषाले रुसको झझल्को दिने यस नाटकमा निर्देशकले संगीत र प्रकाशको सुहाउँदो प्रयोग गरेको पाइन्छ । करिब एक घण्टा लामो यस नाटकलाई तीन जना प्रभावकारी कलाकारको स्वाभाविक अभिनयले जुरुक बोकेको छ ।

आन्तोंन चेकोभको यस कृतिलाई सबिन न्यौपानेले नेपालीमा अनुबाद गरेका हुन । देबेन्द्र बब्लुले नबराज बुढाथोकीलाई निर्देशनमा सहयोग गरेको यस नाटकमा ’लाइभ म्युजिक’ (प्रत्यक्ष संगीत) बाट अमन माली, सुजन माली र सुशील मालीले कलाकारको अभिनयलाई अझ आकर्षक बनाएका थिए । सौरब ढकालले प्रकासको संयोजन र परिचालन गरेका हुन । २ बर्ष पछी नाटक निर्देशन गरेका नबराज बुढाथोकी भन्नु हुन्छ, “बितेका दुइ बर्ष मेरो जिम्मेवारी शैलीले नै निर्माण गरेको चलचित्र ’भुईमान्छे’ को स्कृप्ट लेखन, निर्माण, पोस्ट प्रोडक्सन, एब प्रदर्शनमा केन्दित थियो । तर ति वर्षहरुमा शैलीले नाटक मन्चन, प्रत्येक बर्ष गर्ने बाल नाटक महोत्सब र कुरी कुरी अभियान मार्फत जनचेतना जगाउने कार्य गरिरह्यो.“
यो बर्ष शैली थिएटर स्थापना भइ औपचारिक रुपमा काम गरेको एक दशक भएको जानकारी दिदै संस्थाका कार्यक्रम संयोजक नारायण न्यौपानेले भन्नुभयो, “यहि माघ महिनामा हुने दशौ रास्ट्रिय बाल नाटक महोत्सबका लागि हामीले स्कृप्ट आव्हान गरि सकेका छौं । हरेक वर्ष झैँ यस दशौ वार्षिकोत्सवको अवसरमा पनि हामी नाटक महोत्सब गरि मनाउने छौ । अघिल्लो बर्ष झैँ यो बर्ष पनि सबैको साथ सहयोगको अपेक्षा गरेका छौ ।”

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.