राष्ट्रपति विद्यादेवी भण्डारी बिहिबार स्वदेश

राष्ट्रपति विद्यादेवी भण्डारी बिहिबार स्वदेश

मंसिर २०, राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई बिहिबार स्वदेश फर्किएकी छन् ।

राष्ट्रपति भण्डारीलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.