पानीलाई यसरी पनि शुद्धिकरण गरेर पिउन सकिन्छ

पानीलाई यसरी पनि शुद्धिकरण गरेर पिउन सकिन्छ

मानव तथा प्राणी जगतको लागि पानीको महत्व जति छ, त्यति नै महत्वपूर्ण पानी शुद्ध र सुरक्षित हुनुमा पनि छ । त्यसकारण यसरी पानीलाई शुद्ध पारेर पिउन सकिन्छ :
पानी उमाल्ने
पानीलाई १ मिनेटसम्म भकभक उम्लन दिने । हिमाली क्षेत्रतिर पानीलाई ३ मिनेटसम्म उम्लन दिनुपर्छ । कसैकसैले आगोमा उमालेको पानीमा केही गन्हाउँछ भन्छन् । स्वाद मन नपरेमा उमालिसकेपछि चिसो पारि बोतलमा हल्लाएर खाए हुन्छ । हल्लाउनाले पानीमा हावा मिसिएर स्वाद राम्रो हुन्छ । खाना पकाइसकेपछि आगो निभ्नुभन्दा अघि पानी उमाल्नाले दाउराको प्रयोगमा कमी आउँछ ।

क्लोरिन
पानी सफा पारेर खानयोग्य बनाउँदा पानी कति फोहर छ, त्यो अनुसार क्लोरिन प्रयोग गरिन्छ । पानीमा जती वढी रोगका किटाणुहरु हुन्छन् तिनलाई मार्न त्यती नै वढी क्लोरिन चाहिन्छ । ठिक्क मात्राको प्रयोग भएमा पानीमा केही गन्ध आउँछ । यसको मतलव यो पिउनका लागि सुरक्षित छ भन्ने हो । तर धेरै क्लोरिन हाले पानी मिठो हुँदैन ।

क्लोरिन विभिन्न मात्राको गाढापनको हुने गर्दछ । तल दिइएको मात्राले ५ प्रतिशत क्लोरिनयुक्त घरायसी ब्लिच (सोडिएम हाइपोक्लोराइट) को प्रयोग गरेर पानीलाई किटाणुरहित कसरी गर्ने बारे देखाउँछ । तपाईंसँग भएको ब्लिचमा कति प्रतिशत क्लोरिन छ भनी जान्न त्यसको लेवल पढ्नुपर्दछ । यदि ब्लिचमा ३ प्रतिशत क्लोरिन भएमा वढी प्रयोग गर्नुपर्ने हुन्छ । तपाईंसँग भएको ब्लिचको लेवलमा पानी निसंक्रमण गर्ने निर्देशनहरु भएमा त्यसमा भनिए अनुसार नै गर्नुपर्दछ । सावुन वा सुगन्ध मिसाइएको ब्लिच को प्रयोग गर्नुहुँदैन । पानी धमिलो भएमा वा त्यसमा धेरै ठोस पदार्थहरु भएमा क्लोरिन मिसाउनुअघि पानीको फिल्टर गर्नुपर्दछ ।
पानी ५ प्रतिशत ब्लिच मिसाउने ठीक मात्राको क्लोरिन पानीमा मिसाइसकेपछि राम्रोसँग चलाउने र ३० मिनेट यसै छोड्ने । पिउनुभन्दा अघि चलाएर पिउनुपर्छ ।

सूर्यको प्रकाश
सूर्यको प्रकाशबाट पनि पानी सफा गर्न सकिन्छ । गर्मीको समयभन्दा जाडोको समयमा बढी घाममा राख्नुपर्छ । घाममा राख्नुअघि पानीलाई पहिले फिल्टर गरे पानी छिट्टै सफा हुन्छ । प्लाष्टिक वा सिसाको वोतललाई आधा जति पानी भरेर २० सेकेण्डसम्म हल्लाएपछि यसले हावाको फोकाहरु थपिन्छ र जसले गर्दा पानी केही छिटो सफा हुन्छ । त्यसपछि वोतल पुरै भरेर छायाँ नपर्ने ठाउँमा र मानिस र जनावरहरुले असर नगर्ने ठाउँहरु जस्तोकी घरको छानामाथि राख्नुपर्दछ । वोतललाई पुरै घाम लागेको भए कम्तिमा ६ घण्टासम्म राख्ने वा मौसम वादल लागेको जस्तो भएमा २ दिनसम्म राख्नुपर्दछ ।

कागती वा निम्वुको रस
१ लिटर पिउने पानीमा कागती वा निम्वुको रस मिसाएर ३० मिनेटसम्म राख्ने । रसमा भएको अम्लले धेरैजसो हैजाका किटाणुहरु र केही अन्य किटाणुहरु समेतलाई मार्दछ । यसले सबैथरिका किटाणु त मार्दैन । तर केही पनि प्रशोधन र उपचार नगर्नुभन्दा यो राम्रो हुन्छ विशेषगरी हैजा प्रभावित क्षेत्रमा ।

पानीको सुरक्षित भण्डारण
पानी फिल्टर र निसंक्रमित गरिसकेपछि यसलाई सुरक्षित तवरले राख्नुपर्छ । टुटे फुटेको ट्याङ्कीमा राखिएको पानी सुरक्षित हुँदैन । त्यसैगरी खुकुलो तथा राम्रोसँग नबनाइएको वा ढक्कन नभएको कण्टेनरहरुमा राखिएको पानी पनि छिट्टै प्रदुषित हुन्छ ।
( साभार : विभिन्न अनुसंन्धानहरुमा आधारित )

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.