‘ए’ डिभिजन लिग: मनाङ मस्याङ्दी क्लब शीर्ष स्थानमा

‘ए’ डिभिजन लिग: मनाङ मस्याङ्दी क्लब शीर्ष स्थानमा

मंसिर १९, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौं जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ ।

मनाङको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.