निर्मलालाई न्यायको माग गर्दै सिन्धुलीमाढीमा प्रदर्शन

निर्मलालाई न्यायको माग गर्दै सिन्धुलीमाढीमा प्रदर्शन

मसींर , १७ सिन्धुली । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी ले सिन्धुलीमा प्रदर्शन गरेको छ । नेकपा विप्लव तथा उसको विद्यार्थी संगठनको आयोजनामा सिन्धुलीमाडीमा प्रदर्शन गरेको हो ।

हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दबाब दिन पार्टी र विद्यार्थी संगठनले प्रदर्शन गरेको अनेरास्ववियु क्रान्तीकारी सिन्धुलीका अध्यक्ष सविन श्रेष्ठले बताए ।

गत साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका –२, की १३ वर्षीय निर्मला पन्तको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुवारीमा शव भेटिएको थियो । घटना घटेको चार महिना पुरा भएको छ , तर अहिले सम्म हत्याराको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.