श्रीमान् गुमाएकी खत्रीलाई पाँच लाख प्रदान

श्रीमान् गुमाएकी खत्रीलाई पाँच लाख प्रदान

मसींर , १७ सिन्धुली । सिटिजन लाइफ इन्सोरेन्स सिन्धुलील शाखामा जीवन विमा गराएका बीमक निर्मल खड्काको परिवारले मुत्यु बिमादावी गरेवापतको पाँच लाख प्रदान गरेको छ ।मृत्युदावी भुक्तानी वापतको रकम ५ लाख १ हजार रुपैयाँ सिटिजन्स लाइफ इन्सोरेन्स केन्द्रिय कार्यालयका प्रबन्धक सनल सत्याल र बजार व्यवस्थापक कवि फुयालले मृतकका श्रीमती फडिन्द्रकुमारी खत्रीलाई आइतवार चेक हस्तान्तरण गरे ।

गत असोज ३ गते मुत्यु भएका निर्मल खड्काले २०७४ साल चैत्र २५ गते जीवन बीमा गराएका थिए । उनले हालसम्म पहिलो किस्ता वापतको ४३ हजार ९ सय ३१ रुपैयाँ बुझाएका थिए ।सिटिजन लाइफ इन्सोरेन्सले विभिन्न २० वटा घातक रोग लागेका आफ्ना बीमकहरुलाई उपचारका लागि सहयोग गर्दै आएकोसमेत कार्यक्रममा जानकारी गराइएको थियो ।कमलामाई नगरपालिका वडा नम्बर ६ का अध्यक्ष उज्वल थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिकर्ताहरु तथा जिल्लाका सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने जिल्ला शाखा सिन्धुलीका म्यानेजर दिनेश थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.