यातायात मन्त्री महासेठको निर्देशनमा यातायात कार्यालय सारिदै

यातायात मन्त्री महासेठको निर्देशनमा यातायात कार्यालय सारिदै

मसींर , १७ जनकपुरधाम । यातायात व्यवस्था कार्यालयको सम्पूर्ण सामग्री वर्दिबास सार्ने विभागवाट निर्देशन दिएको प्रति धनुषा चेम्वर अफ कमर्सले विरोध जनाएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अहिले नेकपावाट धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का साँसद रघुबीर महासेठले पार्टी नेतृत्वलाई खुशी पार्नकालागि विभागवाट यस्तो निर्देशन पठाएका हुन् ।चेम्वर अफ कमर्सले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

मुलुक संघीयतामा गई सकेको र प्रदेश नं २ को राजधानी प्रस्तावित रुपमा जनकपुरधाम रहेता पनि प्रदेश सरकारका अधिकारमाथि प्रहार गर्दै संघीय सरकारको विभागद्वारा यातायात कार्यालयको अधिकार वर्दिबासमा दिने परिपत्रको भत्सर्ना गर्दछौ ।यातायात कार्यालय पटक–पटक बर्दिबास सार्ने षडयन्त्र हुँदै आएकोछ । रेडक्रस सोसाइटीको भवनमा रहेको कार्यालयलाई मुजेलिया स्थित एक व्यक्तिको घरमा भाडामा लिएर अहिले सञ्चालनमा रहे पनि त्यहावाट बर्दिबास सार्ने षडयन्त्र हुँदै आएको छ ।स्थानीयबासी लगायत राजनीतिक दलहरुवाट पटक पटक विरोध भएकै कारण यातायात कार्यालय अहिले सम्म जनकपुरधाममै रहेको विज्ञप्तिमा जनाईएको छ ।संघीय सरकारले प्रदेश सरकारको कामकार्वाही प्रति गरेको हस्तक्षेप स्थानीय सरकार, प्रदेश सरकार र यस जिल्लाका साँसदहरुको ध्यानाकर्षण गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.