गाजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्ने

गाजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्ने

मसींर , १७ काठमाडौं । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् ।गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ ।

दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथैदात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।हालसालै गरिरिएको एक अध्यननले गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ । यसमा पाइने विटा क्यारोटिनलाई शरीरले भिटमिन ए मा परिवर्तितगरि आँखा तेजिलो पनि बनाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.