अपराध बढेपछि आफैं पेस्तोल बोकेर निस्किए मेयर

अपराध बढेपछि आफैं पेस्तोल बोकेर निस्किए मेयर

मंसिर १७, स्थानीय तहको विकासको लागि स्थानीय निकायको भूमिका निकै महत्वपूर्ण हुन्छ । काठमाडौंको बेथिति र समस्याहरुको विषयमा कुरा गर्दा हाम्रा मेयरले विभिन्न कारणहरु देखाउँदै आएका छन् । यद्यपि, विश्वमा केही मेयर यस्ता पनि छन्, जो आफ्नो ज्यान बाजी लागेर आफ्नो सहरको सुरक्षाको लागि लागिपरेका छन् । अल सल्वाडरका एक मेयरले साँच्चै समस्याको समाधान चाहने हो भने असम्भव केही छैन भन्ने कुराको उदाहरण दिएका छन् ।

अल सल्वाडोरका मारिसियो विलानोवा असल्ट आफैं राइफल बोकेर आफैं सहरको सुरक्षा गर्न निस्किन्छन् । उनी अफिसरहरुहरुका साथमा बुलेटप्रूफ ज्याकेट लगाएर गस्तीमा निस्किने गरेका छन् । मध्य अमेरिकी मुलुकहरु अल सल्वाडोरको सैन जोस गायाबल सहरमा उनी विगत १८ वर्षदेखि मेयरको रुपमा रहँदै आएका छन् ।

यो सहरमा एमएस–१३ र ला बारियो–१८ जस्ता खनरानक आपराधिक संगठनहरु रहेका छन् । विलानोवाले २ वर्षमा मुलुकलाई अपराधमुक्त बनाउने योजना अघि सारेका छन् । उनले आफू सहरलाई निकै प्रेम गर्ने भएकोले सामान्य मानिसको भूमिकामा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्