बागलुङमा कोदो फलाउने किसानलाई १५ लाख पुरस्कार

बागलुङमा कोदो फलाउने किसानलाई १५ लाख पुरस्कार

मसींर , १७ बागलुङ । कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ ।

सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए । उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् ।

कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । गाउँको जग्गा बाँझिदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । “बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ”, उनले भने, “परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.