निर्मला हत्याकाण्डका दाेषी एसपी विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै निवेदन बुझाए

निर्मला हत्याकाण्डका दाेषी एसपी विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै  निवेदन बुझाए

मसींर , १७ काठमाडौं ।कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक इन्स्पेक्टर जगदीश भट्टले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा बर्खास्त पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन बुझाएका छन् ।

स्रोतका अनुसार गत आइतबार प्रहरी निरीक्षक भट्ट र मंगलबार एसपी विष्टले निवेदन दिएका छन् । निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै प्रहरीको सेवाबाट उनीहरुलाई कात्तिक ८ गते गते बर्खास्त गरिएको थियो ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए । आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।

यता निर्मला पन्तका आमाबुबा र सर्थकहरू भने अझै आन्दोलीत छन् । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिनाभन्दा बढी भइसकेको छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन सकेको छैन । निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै दिनहुँ प्रर्दशन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.