सार्वजनिक ठाउँमा शौच गर्नेलाई सम्मानका साथ चिया नास्ता

सार्वजनिक ठाउँमा  शौच गर्नेलाई सम्मानका साथ चिया नास्ता

मसींर , १६ मोरङ । सुन्दा र हेर्दा अचम्म लाग्न सक्छ । सार्बजनिक स्थानमा शौच गर्नेलाई मोरङ गाउँपालिकामा सम्मान गरेका छन ।खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको कटहरी गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी सार्बजनिक स्थानमा शौच गर्नेलाई चोकमा ल्याएर माला लगाएर सम्मान गरेको हो ।

शौचालय निर्माण गर्न दबाव दिनका लागि सार्बजनिक स्थानमा शौच गर्नेलाई सम्मान गरिएको गाउपालिका अध्यक्ष रामकुमार कामतले बताए । मंसिर २९ गते गाउँपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको बताउदै उनले शौचालय निर्माणका लागि गाउँपालिकाले विपन्न परिवारका लागि रिङ पनि उपलब्ध गराएको बताए ।

अभियानलाई असहयोग गर्ने व्यक्तिहरुलाई दिसा गर्न गएकै बेला प्रहरी लगाएर पक्राउ गर्ने र दिसा गर्न जाँदै गरेकाहरुलाई भने चोकमा ल्याएर चिया नास्ता पनि खुवाउने गरिएको छ ।गाउँपालिकाले रिङ दिँदा पनि शौचालय बनाउन अटेर गर्दै सार्बजनिक स्थानमा शौच गर्नेलाई सम्मान गरिएको वडा नम्बर ४ का अध्यक्ष मण्टु शेखले बताए । सम्झाउदा पनि अटेर गरेका कारण आजित भएर सार्बजनिक स्थानमा सम्मान गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.