प्रियंका चोपडा र निक जोन बीच विवाह सम्पन्न

प्रियंका चोपडा र निक जोन बीच विवाह सम्पन्न

मसींर , १६ मुम्बई। अभिनेत्री प्रियंका चोपडा र निक जोनसबीच क्रिश्चियन रिती रिवाजबाट विवाह सम्पन्न भएको छ। शनिबार भारतको जोधपुरमा प्रियंका र निकबीच क्रिश्चियन रिती रिवाजबाट विवाह सम्पन्न भएपछि अब आज हिन्दु परम्परा अनुसार विवाह हुने भएको छ।जोधपुरमै हुने वैवाहिक समारोहमा प्रियंका र निकका परिवारसहित २५० भन्दा बढी आफन्त सहभागी भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। विवाहमा नजिकका साथीभाइ र आफन्तहरुलाई मात्रै बोलाइएको छ । विवाहका तस्बिर लिक नहुन् भन्नका लागि विवाहस्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ ।

विवाहमा गएका मिडियाकर्मी र बाउन्सरबीच झडप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रियंका र निकको बिवाह गएका पत्रकारहरुको क्यामेरामा बाउन्सरले खोस्न खोजेपछि झडप भएको बताइएको छ ।हाल हलिवुडफिल्ममा व्यस्त रहेकी प्रियंकाले आफु भन्दा १० बर्ष कम उमेरका हलिवुड गायक तथा अभिनेता निक जोनससँग विवाह गरेकी हुन्। यहि डिसेम्बर ४ मा प्रियंकाले दिल्लीमा रिसेप्सन दिने बताइएको छ। सो रिसेप्सनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.