सिरहा जिल्लामा दुर्घटना हुँदा , २ को मृत्यू, २ घाईते

सिरहा जिल्लामा दुर्घटना हुँदा , २ को मृत्यू, २ घाईते

आलोक यादव मसींर , १६ लहान । सिरहामा दुई छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । शनिबार पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको हो । भने अन्य दुईजना  घाइते छन् । सिरहाको कर्जन्हा नगरपालिका–२ जुलेवीमा ना ६ त ४१८४ नम्बरको ट्रयाक्टरको ठक्करबाट जुलेवीका ८० वर्षीया कृष्णमाया खतिवडाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, धनगढीमाई नगरपालिका–९ पुल्चोकमा ना १ ज ६९३५ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सुखीपुर नगरपालिका–१० का २१ वर्षीय मनिक रामको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकलमा सवार धनगढीमाई–९ मुसहर्नियाका २९ वर्षीय सन्तोष सदाय र म्याजिकमा रहेका गोलबजार नगरपालिका–६ का २८ वर्षीय शत्रुधन साह घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.