आयुर्वेदको क्षारसूत्र सेवा प्रभावकारी बन्दै

आयुर्वेदको क्षारसूत्र सेवा प्रभावकारी बन्दै

मसींर , १६दाङ । दाङको मध्यपश्चिम क्षेत्रीय आयुर्वेदिक चकित्सालयमा सञ्चालनमा आएको क्षारसूत्र सेवा प्रभावकारी बन्दै आएको छ । वैशाखदेखि शुरु भएको क्षारसूत्र सेवा लिन दैनिक १०(१२ जना आउने गरेको चिकित्सालय प्रमुख डा रामकामेश्वर ठाकुरले बताए ।उनका अनुसार दैनिक तीन(चारजनाको सफल शल्यक्रियासमेत हुने गरेको छ । ‘क्षारसूत्र सेवा लिन दैनिक १०÷१२ जना सेवाग्राही आउनुहुन्छ’ उनले भने, “दैनिक तीन(चारजनाको सफल शल्यक्रिया हुने गरेको छ ।

अन्य निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सेवा लिन १० हजारभन्दा बढी लाग्ने भए पनि चिकित्सालयमा दुई हजार मात्रै लाग्ने गरेको डा ठाकुरले बताए । “निजी मेडिकलमा क्षारसूत्र सेवाका लागि १० हजारभन्दा बढी तिर्नुपर्छ” उनले भने, “तर हाम्रोमा दुई हजारमा मात्रै सेवा प्रदान गरिन्छ ।”नयाँनयाँ सेवा विस्तार भएपछि चिकित्सालयमा बिरामीको सङ्ख्या बढेको छ । कुनै समय सुनसान बन्ने गरेको आयुर्वेद चिकित्सालयमा हिजोआज दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको छ । ‘कुनै समय अस्पताल सुनसान थियो’तर सेवा विस्तार भएपछि हिजोआज अस्पतालमा चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.