सिरहा भरीमा दुई सामुहिक बलात्कार

सिरहा भरीमा दुई सामुहिक बलात्कार

 आलोक यादव मसींर , १६ लहान । सिरहामा भएका दुई सामुहिक बलात्कार घटनामा संग्लन अभियुक्तहरु तीन सता बित्न लाग्दा पनि पक्राउ पर्न सकेका छैनन् ।
ती घटनामा संग्लन एकजनालाई स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको थियो । अर्का एकलाई प्रहरीले पक्राउ ग¥यो । ९ जना अझै फरार छन् । ती अभियुक्तलाई भने प्रहरीले पक्राउ गर्न नसकेको हो । प्रहरी भने अभियुक्तको कुनै सुराक नभेटेर पक्राउ गर्न नसकेको बताउँछ । ‘सुराक भेट्न मुस्किल भइरहेको छ,’ डिएसपी माधवराज खरेलले भने, ‘तर अभियुक्त पक्राउ गर्न हामीले टोली परिचालन गरेका छौँ ।’ घटनामा संग्लन अभियुक्तहरु भारतमा गएर लुकेर बसेको हुनसक्ने डिएसपी खरेलको भनाइ छ ।

त्यसो त, नेपालमा अपराध गरी भारतमा गएर लुक्ने गरेको यसअघि पनि थुप्रै घटना छन् । जसले गर्दा प्रहरीलाई पनि अभियुक्त पत्ता लगाउन मुस्किल परेको बताइन्छ । प्रहरीका अनुसार सुपुर्दगी सन्धी नहुँदा प्रहरीलाई पनि भारत गएर अपराधी पक्राउ गर्न मिलेको छैन । कार्तिक २३ गते भाइटीकाको दिन लहान नगरपालिका–१२ भोटियाटोलमा बालिका र युवतीलाई ७ जना युवाहरु मिलेर सामूहिक बलात्कार गरेका थिए ।त्यसको सातादिन नबित्दै सुखिपर नगरपालिका–४ छजना गाउँमा कार्तिक २७ गते छठ पर्वको दोस्रो दिन एक व्रतालु महिला घरमै सुतिरहेको अवस्थामा चारजना सामूहिक बलात्कार गरेका थिए । बालिका र युवतीका दुई फरक घटनामा संग्लनमध्ये एक जनालाई प्रहरीले घटना भएकै दिन नियन्त्रणमा लिइएको थियो । तर सनाखत र पीडितले दिएको जाहेरीमा उल्लेख भएको अभियुक्तसँग नाम नमिलेपछि उनलाई छाडिएको थियो । घटनाका सातैजना फरार छन् । घटनामा संग्लन पाँच अभियुक्तको नाम अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.