मंसिर १५, राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् ।
पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट हुनेछ ।
हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस् ।
प्रतिक्रिया दिनुहोस्