लक्ष्मीपुर पतारी प्रहरी कार्यालय अगाडि बलात्कारीलाई कारवाहीको माग गर्दै धर्ना

लक्ष्मीपुर पतारी प्रहरी कार्यालय अगाडि बलात्कारीलाई कारवाहीको माग गर्दै धर्ना

 आलोक यादव लहान मसींर , १४ लहान सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय पतारीमा धर्ना दिएका छन् । घटनाको दुईसाता बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

गाउँमा छठको उपलक्ष्यमा नाटक ड्रामा भइरहेको बेला गत कात्तिक २७ गते राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका छोपेर उनीहरुले महिलामाथि करणी गरेका थिए ।

महिलाका श्रीमान वैदेशिक रोजगारीको लागि कतारमा छन् । घटनामा महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ नियन्त्रणमा लिएपनि दुईजना अझै फरार छन् ।इलाका प्रहरी कार्यालय पतारीका प्रमुख प्रहरी निरीक्षक भुषण यादवले अपराधमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको र बाँकी २ जनाको पनि खोजी भइरहेको बताए । यता गाउँलेहरुले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको गुनासो गरेका छन् । यता, अधिकारकर्मीहरुले घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने माग गरेका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.