माडीवासीका मागमा अध्यक्ष प्रचण्डको चासो

माडीवासीका मागमा अध्यक्ष प्रचण्डको चासो

मसींर , १४ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् ।
पीडित पक्षलाई तत्काल किरिया खर्चबापत रु २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिबापत राज्यले उपलब्ध गराउने रकम एक महिनाभित्र उपलब्ध गराउने, यस अघिका घटनाका क्षतिपूर्ति रकम पनि एक महिनाभित्र उपलब्ध गराउने, हात्तीलाई तत्काल बस्ती प्रवेश गर्न रोक लगाइ नियन्त्रणमा राख्ने सहमति भएको छ ।

सो क्षेत्रका सांसद समेत रहेका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिएका हुन् । दुई दिनअघि जङ्गली हात्तीले दुई महिलालाई आक्रमण गरी मारेपछि बिहीबार बिहानैबाट माडीवासी आन्दोलित भएका थिए । दिनभरको प्रयासपछि साँझ वार्तामार्फत आन्दोलन स्थगित गराइएको थियो । प्रजिअ बस्नेतले भने, ‘अध्यक्ष दाहालले माडीवासीको मागका विषयमा जानकारी लिएर त्यसलाई पूरा गराउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.