मन्थलीमा वीर गणेशमानसिंह भलिबल प्रतियोगिता हुने

मन्थलीमा वीर गणेशमानसिंह भलिबल प्रतियोगिता हुने

मंसिर ,१३ रामेछाप । जिल्लाकै अहिलेसम्मको ठूलो धनराशी पुरस्कार भएको वीर गणेशमान सिंह स्मृति जिल्ला स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता सदरमुकाम मन्थलीमा संचालन हुने भएको छ ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको आयोजनामा आगामी मंसिर २५ गते देखि २९ गतेसम्म संचालन हुने दोश्रो वीर गणेशमान सिंह स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगीता सँगै खेलाडिहरुलाई सम्मान गर्ने र सो खेलकुद प्रतियोगीता सँगै बृहत सांस्कृतीक कार्यक्रम समेत संचालन गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका सचिव वाशु फुयालले जानकारी दिए ।उक्त खेलकुद प्रतियोगीतामा विजेता हुने टिमलाई प्रथम पुरस्कार नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमलाई नगद रु।५५ हजार ५ सय ५५ रुपैयाँ र सिल्ड, मेडल र प्रमाणपत्र र तृतिय हुने टिमलाई नगद रु। ३३ हजार ३ सय ३३ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.