प्रधानमन्त्री ओलीलाई जवाफ– सरकार भेटियो, न्याय भेटिएन

प्रधानमन्त्री ओलीलाई जवाफ– सरकार भेटियो, न्याय भेटिएन

मसींर , १३ कञ्चनपुर । बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिको हत्या भएको चार महिना पुग्न लाग्दा पनि न्याय पाएकी छैनन् ।राजधानीको सडकमा रहेका विजुलीको पोलमा निर्मला पन्तलाई न्यायको माग गर्दै पोस्टरहरू टाँसिएका छन् । प्रधानमन्त्री केपी ओलीको पोस्टर झुण्ड्याइएकै पोल तथा भित्ताहरूमा निर्मला पन्तलाई न्याय माग गरेर पोस्टर टाँसिएको छ ।सरकारले अहिलेसम्म बलात्कार तथा हत्यामा संलग्नको खोजी गर्न सकेको छैन । न्यायको माग गर्दै अनशनमा बसेका निर्मलाका बुवा यज्ञराज पन्त स्वास्थ्य असामान्य बनेपछि अहिले त्रिवि अस्पतालमा उपचाररत छन् ।निर्मलाको न्यायका लागि देशभरि आन्दोलन भैरहेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनाको थालनीका लागि तयार पार्न लगाएको आफ्नो पोस्टर जस्तै निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनाएको छ ।

पोस्टर सायद दिनमा टाँस्न पाएनन्, न्यायका लागि आवाज उठाउनेहरूले रातिमा पनि उज्यालो भएर देखिने बिलबोर्ड पनि पाएनन् निर्मलाको पोस्टका लागि । ओलीका पोस्टर रहेका पोलको तलपट्टि निर्मलाको पोस्टर टाँसिएको छ । सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको समाचार सार्वजनिक भएलगत्तै युवाहरुको यो समूहले व्यंग्य कस्दै भीखसमेत मागेको थियो ।कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारी तबरबाट हत्याको छानबिनका लागि गठिन समितिहरु समेत बेकामे बनेपछि यसको चर्को आलोचना हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.