सिन्धुलीगढीकोे पुनःनिर्माणको जिम्मा नेपाली सेनालाई

सिन्धुलीगढीकोे पुनःनिर्माणको जिम्मा नेपाली सेनालाई

मसींर , १३ सिन्धुली ।सिन्धुलीगढी सरकारले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षण आगामी पाँच वर्षभित्रमा गर्ने कार्ययोजना बनाएको छ ।मन्त्रालयले पहिलो चरणमा सिन्धुली, मकवानपुर, चिसापानी, जितपुर, नुवाकोट, हरिहरपुर र उपरदाङगढीको पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मेवारी दिने कार्ययोजना अघि सारेको हो ।मुलुक संघीयतामा गएसँगै स्थानीय तह र प्रदेशले आ–आफ्ना क्षेत्रका गढीको महत्व उजागर गर्ने र संरक्षणतर्फ जोड दिने कार्यलाई प्राथमिकता दिँदै आएका छन् ।

सिन्धुलीको कमलामाइनगरपालिकासहित कतिपय स्थानीय तहले गढीको रेखदेख र सुरक्षाको लागि सैनिक टुकडी नै स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । सेनाले जेजस्तो अवस्थामा छ त्यसलाई हालसम्म सामान्य रेखदेख गर्दै आएको र पर्यटकीय पुरातात्विकस्थलका रुपमा विकसित गर्ने सोचअनुरुप पछिल्लो समय सेनाबाट पहल हुँदै आएको मन्त्रालयको भनाइ रहेको छ ।मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले भने, “पुरातात्विक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने सन्दर्भमा कतिपय गढीको पुनःनिर्माणका लागि पहल गर्ने सिलसिलामा सरोकार मन्त्रालयबीच पत्रचार भइरहेको छ ।’’ सेनाको वार्षिक बजेट कार्यक्रममा नपरेता पनि चालू आर्थिक वर्षको बजेटमा गढीको पुनःनिर्माण र संरक्षणका लागि रु पाँच करोड ५९ लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.