हात नभएका बालबालिकाका लागि निःशुल्क ‘थ्रीडी प्रिन्टेड’ हात

हात नभएका बालबालिकाका लागि निःशुल्क ‘थ्रीडी प्रिन्टेड’ हात

मसींर ,१२ काठमाडौँ ।उदयपुर गाईघाट स्थायी घर भएकी रोश्नी खड्का अहिले १७ वर्षकी भइन् । उनी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । तर उनको बायाँ हातको हत्केला जन्मिँदादेखि नै थिएन । उनकी आमा गङ्गा खड्काले उपचारका लागि छोरीको हात धेरै अस्पतालमा देखाइन् र बुझिन् । तर जन्मदै नभएको हातको उपचार गरी बनउन नसकिने कुरा चिकित्सकले बताएपछि अस्पताल धाउन छाडिन् ।

रोश्नीको कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ । हातै नभए पनि साहारा दिने कुनै कृत्रिम हात भए पनि हुन्थ्यो भन्ने उनको परिवारलाई लागेको थियो । छोरीको कृत्रिम हात खोज्ने क्रममा आफन्तको माध्यमबाट इनेबल नेपालको कार्यालयमा पुगे । इनेबल नेपालबाट ‘थ्रीडी प्रिन्टेड’ हात निःशुल्क पाए । यसबाट रोश्नी र उनको परिवार ज्यादै खुशी छन् । अहिले रोश्नीलाई कलेजमा, ल्याबमा नयाँ कुरा सिक्न र स्कुटी चलाउन सक्छु कि भन्ने लागेको छ ।

इनेबल नेपालले अहिलेसम्म रोश्नीजस्तै १३ जना बालबालिकालाई ‘थ्रीडी प्रिन्टेड’ हात निःशुल्क वितरण गरिसकेको छ । इनेबल नेपाल स्थापना भएको ३ महिना भयो । यो अवधिमा कमै भए पनि आफूहरुले राम्रो काम गरेको इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.