कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

मसींर ,१२ काठमान्डौ । कोटेश्वर–कलंकी सडकको निर्माण कार्य सकिएको छ। सडक निर्माणको काम पूरै सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। दस दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो।

‘सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह लगाउने काम भइरहेको छ’, उनले भने, ‘सडक चिन्ह सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ।’सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रो चरणको कालोपत्रे भएको योजनाले जनाएको छ।दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह लगाइएको हो। अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ र उनले भने, ‘केही दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ।’

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन्। चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्रयाक समेत गर्दा यो सडक १० लेनको हो। सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छन्। चक्रपथ छिर्न सर्भिस ट्रयाक पनि छन्। जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन्।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.