सिन्धुलीको जुनार– यात्रुको मुख्य कोसेली बन्दै

सिन्धुलीको जुनार– यात्रुको मुख्य कोसेली बन्दै

मसींर , काठमान्डौँ ।  काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ । खनियाँखर्कमा केही बेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पुर्‍याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् ।

अघिल्लो वर्ष जिल्लामा आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा अनुकूल हावापानीका कारण यो वर्ष अझ बढ्ने अनुमान गरिएको छ । जिल्लाका रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।

तिनकन्याका कृषक लोकबहादुर आलेले आफ्नो बगैँचामा ५०० को हाराहारीमा रहेको जुनार र सुन्तलाको बोटबाट वार्षिक रु १० लाख मूल्य बराबरको फल उत्पादन हुने गरेको जानकारी दिए । सात सयदेखि एक हजार २०० मिटर उचाइसम्मको हावापानीमा जुनार खेती फस्टाउने विज्ञ बताउँछन् ।सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुङ्गा, भोजपुर, धनकुटा र रामेछापमा व्यावसायिकरूपमा जुनार खेती विस्तार हुुँदै गएको छ । सिन्धुली जिल्लामा अहिले वार्षिकरूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ ।

पछिल्लो समय विभिन्न संक्रमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने हो कि भन्ने त्रास फैलिएको छ । संक्रमणबाट उत्पादित फल मध्ये झण्डै ३० प्रतिशत खेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । ‘‘विगत दुईरतीन वर्षयता फल कुहिने समस्या देखिएको छ, त्यसको व्यवस्थापनका लागि उपलब्ध प्रविधिको प्रयोगसँगै जुनार कृषक केन्द्रित सचेतना कार्यक्रम निकै फलदायी देखिएको छ’’, सुपरजोन सिन्धुलीका प्रमुख अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.