ढोरपाटनमा एउटा झारल सिकार गरेको १३ लाख

ढोरपाटनमा एउटा झारल सिकार गरेको १३ लाख

मसींर ,११ गलकोट। नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ ।सिकार खेल्न सिकार कम्पनीले एउटा नाउरको रु १२ लाख पाँच हजार तथा एउटा झारलको रु नौ लाख २० हजार राजश्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाएका थिए । विभागले गरेको बोलपत्र प्रक्रियाबाट चार कम्पनीले सिकारी पठाउने जिम्मा पाएअनुसार कम्पनीले विभागसँग सम्झौता गरी १० सिकारीलाई सिकारका लागि आरक्षमा पठाएको थियो ।

“हरेक वर्ष विभागले बोलपत्र प्रक्रियामार्फत सिकार कम्पनी छनोट गरी सिकार गराउने गर्दछ”, सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी विष्णु रोकायले भन्नुभयो, “अहिलेको याममा प्रतिनाउर सिकार गरेको रु दुई लाखदेखि रु १२ लाख पाँच हजार तथा प्रतिझारल रु एक लाखदेखि रु नौ लाख २० हजार बोलपत्र स्वीकृत भएको थियो ।” विश्वभरका साहसिक सिकारीका लागि प्रख्यात मानिएको सो आरक्षमा सिकार गर्न अमेरिका, रुस, स्पेनलगायतका मुलुकका सिकारी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.