‘हुँदा खाने र हुनेखाने सबैलाई समेट्ने नयाँ प्रणालीको शुरू,’ प्रधानमन्त्री ओली

‘हुँदा खाने र हुनेखाने सबैलाई समेट्ने नयाँ प्रणालीको शुरू,’ प्रधानमन्त्री ओली

मसींर ,११ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवसमा नयाँ युगको शुरुवाती दिन भएको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा मंगलबार सन्देश दिंदै प्रधानमन्त्री ओलीले नयाँ युगको शुरुवात भएको बताएका हुन् ।मंगलबारबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा मंगलबारबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको उल्लेख छ ।

अघिल्लो पटक प्रधानमन्त्रीहुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । ‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबट प्रवेश गर्दैछौं,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.