पन्तका बुबालाई कञ्चनपुरबाट काठमाडाैँ आइपुग्दा खुट्टा फ्याक्चर ,टिचिङमा भर्ना

पन्तका बुबालाई कञ्चनपुरबाट काठमाडाैँ आइपुग्दा खुट्टा फ्याक्चर ,टिचिङमा भर्ना

मसींर ,१० काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुवा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।केही दिनयता मानसिक स्थिति असामान्य देखिएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । विमानबाट ल्याउने तयारी गरिएपनि विमान कम्पनीले यज्ञराजलाई ल्याउन नमानेपछि उनलाईगाडीमा ल्याइएको हो । महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएपछि उनलाई लठ्याउने सुई लगाएर काठमाडौं ल्याइएको थियो ।

शिक्षण अस्पताल ल्याइएका यज्ञराजलाई आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ । कंचनपुर बाट शिक्षण अस्पताल ल्याइपुर्याउदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा उनको खुट्टामा पनि समस्या भएको हो । एक्सरेको रिपोर्टमा पन्तको खुट्टा फ्याक्चर भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.