तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

मसींर ,१० भोजपुर। व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले निकै राम्रो आम्दानी गरिहनुभएको छ ।वैदेशिक रोजगारीको लागि साढे पाँच वर्ष कतारमा बिताउनुभएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर उदाहरणीय पात्रसमेत बन्नुभएको छ । कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले भने तरकारीखेतीबाट वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी लिने गरेको बताए ।

भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्तो खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा र बजारको राम्रो व्यवस्थापन नहुँदा बिक्री वितरणमा समस्या आउने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.