महाधिवेशन सुनिश्चितताको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा

महाधिवेशन सुनिश्चितताको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा

मसींर ,९ काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति बाहिर रहेका संस्थापन इतर समूहका नेताहरु १२ औं महाधिवेशन सुनिश्चितताको माग गर्दै बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

आजै बस्ने केन्द्रीय कार्यसमिति बैठकलाई लक्षित गरेर विद्यार्थी नेताहरु धर्नामा बसेका हुन् । नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशनका लागि नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गर्दै नेताहरु धर्नामा बसेका छन् ।नेताहरु बैठक स्थलमा प्रवेश नगरेसम्म आफूहरुको धर्ना जारी रहने बिद्यार्थी नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकका लागि कांग्रेस नेताहरु पार्टी कार्यालय पुग्ने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.