गाउँका महिलामा आङ खस्ने समस्या बढ्दै

गाउँका महिलामा आङ खस्ने समस्या बढ्दै

मसींर ,९ बाँके। राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरकी ३२ वर्षीया लक्ष्मी चौधरीले दिनभर काममा खटिनुपर्दा समयमा खानपिनमा ध्यान दिन नसक्नुले पनि आप्mनो स्वास्थ्यको ख्याल गर्न नसक्नाले आङ खस्ने समस्या देखिएको छ ।

कम उमेरमा विवाह गरेका,असुरक्षितरूपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको तथ्याङकले देखाएको छ । पाठेघरपछि महिलाले भोग्नुपर्ने अर्को समस्यामध्ये गर्भावस्था तथा सुत्केरी अवस्था पनि हो । यो समस्याबाट शहरभन्दा गाउँका महिला नै अधिक पीडित हुने गरेका छन् ।

केही सुधारोन्मुख रहेको त्यस क्षेत्रको स्वास्थ्य सेवाले केही राहत भए पनि त्यहाँका महिलाले प्रजनन स्वास्थ्यमा भोग्दै आएको समस्यामध्ये पाठेघर आङ खस्ने समस्या सबैभन्दा बढी छ । कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै विवाह गर्नु र असुरक्षित रूपमा सुत्केरी गराउनुले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.