फ्रान्सको पेरिसमा पेट्राेलकाे मूल्यवृद्धिको विरोधमा ताेडफाेड र अागजनी

फ्रान्सको पेरिसमा पेट्राेलकाे मूल्यवृद्धिको विरोधमा ताेडफाेड र अागजनी

 मसींर ,९ पेरिस । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्सको पेरिसमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका जनता र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त रहेको जनाइएको छ।प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै अश्रु ग्यास र पानीका फोहरा छाडेको थियो । पेरिसमा दुई सातादेखि हरेक सप्ताहन्तमा मानिसहरु बिरोध प्रदर्शनमा सहभागी भइरहेका छन् ।

पेरिसको शाँज इलाकामा संवेदनशील स्थानमा प्रदर्शनकारीले पुलिसको सुरक्षा घेरा तोड्न खोजेपछि झडप सुरु भएको थियो । झडपपछि आक्रोशित प्रदर्शनकारीले त्यस क्षेत्रका थुप्रै सवारीमा आगजनी गरेका थिए ।प्रदर्शनलाई नियन्त्रणमा लिन ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनका आयोजकले यो उनीहरुको दोस्रो चरणको आन्दोलन भएको बताएका छन् ।

पेरिसमा एकत्रित भएका सबै आन्दोलनकारीले पहेँलो रंगको ज्याकेट लगाएका थिए । शाँज एलिज इलाकामा प्रधानमन्त्री कार्यालयसहित केहि महत्वपूर्ण सरकारी कार्यालयहरु छन् । त्यहीँ प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.