पूर्वाधार विकासमा १० खर्बभन्दा बढी रकम विनियोजनको तयारी

पूर्वाधार विकासमा १० खर्बभन्दा बढी रकम विनियोजनको तयारी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार सरकारले आगामी तीन वर्षमा पूर्वाधार विकासमा मात्र १० खर्बभन्दा बढीको रकम विनियोजन गर्ने तयारी गरेको छ ।भक्तपुरको सल्लाघारीमा भारतीय उद्योग परिसंघ सीआईआई को आयोजनामा बिहीबारबाट सुरु भएको तीनदिने निर्माण उपकरणसम्बन्धी वृहत प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री महासेठले पूर्वाधारमा लगानी बढाएमात्रै देश समृद्ध हुने धारणा राखे । यसबाट विकासका ठोस कार्यक्रम अगाडि बढाउन सकिने उनको भनाइ छ ।

उनले पानीजहाज, रेलमार्ग, सडक यातायातलगायतमा ठूलो लगानी आवश्यक रहेको बताए । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ । मन्त्री महासेठले तीन वर्षमा यही बराबरको रकम पूर्वाधारमै खर्चिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.