४९ मेगावाटको जलविद्युत् आयोजना साढे नौ अर्बमा

४९ मेगावाटको जलविद्युत् आयोजना साढे नौ अर्बमा

मसींर ,७ ताप्लेजुङ। मिक्वाखोला गाउँपालिकामा ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजनाआगामी पाँच वर्षभित्रै निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनीको र्निणय भएको छ । मेवा डेभलपर्स प्राइभेट लिमिटेडले कार्य थालनी गरेको छ । करीब नौ अर्बको लागत अनुमान गरिएको आयोजना निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ ।

हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पिपीएको कार्य सकिएको कम्पनिका इञ्जिनीयर भानु पोख्रेलले बताए । उनका अनुसार अबको एक वर्षभित्रै आयोजनाको निर्माण कार्य शुरु गरिनेछ । कम्पनीले मङ्सिर ५ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग अन्तक्र्रिया गरेको जनाएको छ ।आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करीब आठ किलोमिटर सडक र ढुङ्गेसाँघु सवस्टेशनसम्मको १३२ केभीको करीब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.