गुल्मीका मानबहादुरले कपडा धोएरै मासिक दुई लाख आम्दानि

गुल्मीका मानबहादुरले कपडा धोएरै मासिक दुई लाख आम्दानि

मसींर ,६बुटवल । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ आँपचौरका मानबहादुर  ले कपडा धोएरै मासिक दुई लाख, र साढे तीनतले पक्की घर बनाए ।

कतारमा पुगेर त्यहाँको एक ड्राई क्लिनिकमा मेसिनबाट कपडा धुने काम गरेर तीन वर्षपछि फर्किएका मानबहादुरले त्यहाँ सिकेको सिपलाई स्वदेश मै प्रयोग गरेर स्वारोजगार बन्ने सोच राखे । फलतः आज भन्दा सात वर्ष अघिको कुरा थियो । जति बेला गुल्मीको सदरमुकाम तम्घासमा पहाडी मूलका मानिसहरूले कपडा धुन भनेको हीनताबोध गर्थे ।

तर उनले कतारमा संभ्रान्त परिवारका मानिसहरूले नै त्यो पेसा गरेको देखेर के को लाजरु भन्दै कपडा धुने मेसिन किनेर ‘शिद्धेश्वर ड्राई क्लिनिक’ सञ्चालन गरे । तम्घासको भिमचोक नजिकै रहेको त्यस पसलले मात्र ग्राहक थेग्न नसकेर अहिले तम्घासकै उदिनढुङ्गामा शाखा पसल समेत खोल्न सफल भएका छन् ।

उनीहरू श्रीमान् श्रीमती र छोरा छोरी स्वरोजगार बन्नुका साथै उनले अन्य ६ जनालाई रोजगार समेत दिएका छन् । मासिक आम्दानी कति हुन्छ त रु भन्ने प्रश्नमा मानबहादुरले भने –‘ त्यस्तै महिनाको दुई लाखसम्म कमाउने गरेको छु ।’

उनले हालै सदरमुकाम तम्घासमा गत सात वर्षदेखि कपडा धोएरै कमाएको पैसाले साढे तीन तले पक्की घर समेत बनाएका छन् । उनले भने–‘ घर पुरै सम्पन्न त भई सकेको छैन , हालसम्म ४५ लाख खर्च भई सक्यो । सक्ने बेलासम्म करिब ५० लाख खर्च हुने देखेको छु । ’

उनले त्यस पेसालाई अन्य स्थानमा पनि बिस्तार गर्ने बताए । उनी विगतमा आँपचौर स्थित निम्न परिवारका व्यक्ति थिए । किशोर अबस्थाम मै भारतको रोजगार हुँदै विदेश पुगेका उनले त्यहाँको कमाइले गएको ऋण तिर्न मात्रै ठिक्क भएको बताए । यो जाडो मौसम हिउँदमा भन्दा बढी उनकोमा कपडा धुनेहरूको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.