गृहमन्त्री थापा किन गए ‘सरसफाइ’ अभियानमा

गृहमन्त्री  थापा किन गए ‘सरसफाइ’ अभियानमा

मसींर ,६ भक्तपुर । समाजमा शान्ति(सुरक्षा कायम राख्न नसकेको आरोप खेपिरहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज भक्तपुरको सरसफाइ अभियानमा पुगे । आजदेखि भक्तपुरमा एकमहिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुभारम्भ भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री बादलले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरेर शुभारम्भ गरे भने उनी आफैँले पनि सडकमा कुचो लगाए ।

अभियानको शुभारम्भपछि मन्त्री बादलले भने, ‘जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका छन्, त्यो जिम्मेवारी पूरा गर्न सफल पार्न सबैको साथ र सहयोग चाहिन्छ ।’शान्त र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उनले जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि शुरु भएको बताए । अरनिको राजमार्गमा टिपरले धेरैको ज्यान लिएको चर्चा गर्दै गृहमन्त्रीले भने, ‘हामी सुरक्षित नेपाल पनि बनाउने अभियानमा लागेको छौँ, सुरक्षित भए मात्रै देशलाई समृद्ध बनाउन सक्छौँ । दुर्घटना र महिला हिंसाको पछाडिका कारण मदिरा नै भएकाले जनताको सुरक्षाका निम्ति पनि मदिरा पूर्णरूपमा निषेध गर्नु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.