जनताको साझेदारीमा पाँच वर्षमा ३५०० मेगावाट बिजुली उत्पादन गरिने

जनताको साझेदारीमा पाँच वर्षमा ३५०० मेगावाट बिजुली उत्पादन गरिने

मसींर ,६ काठमान्डौ । ऊर्जा मन्त्रालयले नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ अवधारणा ल्याउँदै मन्त्रालयले देशभरि साना जनविद्युत् आयोजना निर्माण गर्ने योजना ल्याएको हो। सरकार(जनताको साभेदारीमा पाँच वर्षभित्र ३४७९ मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी योजना ल्याएको छ।

पुस महिनामा त्रिशुली थ्री ९बी० ३७ मेगावाट, तामाकोसी(५ ९५ मेगावाट र घुन्सा खोला ८० मेगावाट आयोजना निर्माणको प्रक्रिया थालिने छ। यी आयोजना यसै वर्ष सक्ने योजना मन्त्रालयको छ।मन्त्रालयले आयोजनाहरू निर्माण गर्न आफ्नो तर्फबाट विभिन्न स्वदेशी निकायसँग ऋण सहयोग जुटाउने भएको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी नेपाल दुरसञ्चार कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाल सरकारबाट ऋण उठाउने टुंगो लगाइएको छ।

‘यी सबै निकायले वार्षिक १ सयदेखि ६ सय करोड ऋण उपलब्ध गराउने छन्,’ मन्त्रालयले जनायो।प्रतिमेगावाट २० करोड खर्च लाग्ने अनुमानसहित मन्त्रालयले सर्वसाधाणलाई ४९ प्रतिशत लगानी आह्वान गर्नेछ। बाँकी वित्तीय व्यवस्थापन आफैंले गर्ने छ।जनतालाई विद्युतमा लगानी गरी सेयरधनी बनाउने योजना हो, पाँच वर्षभित्रमा यति बिजुली उत्पादन गर्न सकिए देश विद्युतमा आत्मनिर्भर मात्र हैन, निर्यात गर्न सक्ने हैसियतको हुन्छ,’ ऊर्जामन्त्री पुनले भने, ‘लगानी गर्ने जनतालाई बिजुलीको मुनाफा वितरण गरिने छ।’

यो योजनामा सरकारले सातै प्रदेशमा आयोजना छनोट गरेको छ। प्रदेशको सन्तुलन मिलाउन पनि सबै प्रदेशमा आयोजना छनोट गरिएको पुनले बताए।बिजुलीको आन्तरिक खपत हरित ऊर्जामा विस्तार गर्ने मन्त्रालयको योजना छ। सहरहरूलाई प्रदूषणमुक्त गराउन बिजुलीजडित सवारीसाधनको उपयोग बढाउने परिकल्पना गरिएको छ।नेपालमा अहिले ९६ प्रतिशत ऊर्जा पेट्रोलियम पदार्थ तथा अन्य स्रोतबाट निर्भर छ। कूल खपत भइरहेको बिजुलीको एक तिहाइ छिमेकी राष्ट्रबाट खरिद गरी व्यवस्थापन गर्नु परिरहेको छ।

‘ऊर्जामा परनिर्भरताले एकातिर वर्षेनी ठूलो पूँजी विदेशिँदा राज्यले ठूलो व्यापार घाटा सहनु परेको छ,’ मन्त्री पुनले भने, ‘विकासका बहुआयामिक लाभ प्राप्तिमा ऊर्जा संकट प्रमुख बाधकको रुपमा देखिएको छ।’उनका अनुसार ऊर्जा विकासलाई यो सरकारले उच्च प्राथमिकतामा राखेको छ। सो कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयले श्वेतपत्र जारी गरिसकेको छ।श्वेतपत्रमा आगामी तीन वर्षभित्र ३ हजार मेगावाट, पाँच वर्षभित्र ५ हजार र दस वर्षभित्र १५ सय मेगावाट बिजुली उत्पादन गर्ने उल्लेख छ। आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत ७ सय युनिट र दस वर्षभित्र १५ सय युनिट पुर्‍याउने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.