नैकापलाई पछि पर्दौ दोलखा फाईनलमा

नैकापलाई पछि पर्दौ दोलखा फाईनलमा

मंसिर ६, दोलखा सदरमुकाम चरिकोटमा जारी प्रकाश स्मृति कप फुटबलमा आज सेमिफाइनलका खेलहरु संञ्चालन भइरहेका छन् । पहिलो सेमिफाइनल खेल आज ९ बजेबाट सुरु भएको थियो । जसमा आयोजक टोली दोलखा फुटबल संघ र दिपशिखा फुटबल क्लब नैकाप प्रतिस्पर्धा गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको उत्कृष्ट साथ पाएको दोलखाले नैकापलाई पराजित गर्यो। निर्धारित ९० मिनेटको खेलमा दुबै टोली ले १।१ गोलको बराबरी खेलेपछि थपिएको ३० मिनेटमा दोलखाले थप २ गोल गरेपछि दोलखा ३(१ ले बिजयी हुदै फाईनलमा स्थान बनायो ।

४ जना अफ्रिकी खेलाडीहरु सामेल नैकापले सुरुवाती केही राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा सेमिफाइनल बाटै प्रतियोगिताको यात्रामा पूर्णबिराम लगाउन पुग्यो । घरेलुु टोलिले अब फाईनलमा आज दिउसो १ बजेबाट सुरु हुने दोस्रो सेमिफाइनल खेलको बिजेता सँग उपाधिका लाग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल मा विभागीय टोलि एपीएफ र टाउन प्लानिङ्ग ब्वाइज युनियन क्लब बिच हदैछ । प्रतियोगिताको फाईनल खेल भोलि हुदैछ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.