नवलपरासी बौदीकाली गाउँपालिकामा बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

नवलपरासी बौदीकाली गाउँपालिकामा बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

मसींर ,५ नवलपरासी ।नवलपरासी बौदीकाली गाउँपालिकाकाले बाक्लो बस्ति नभएकाले त्याहाँका व्यक्तिहरुमिलेर अन्तबाट बसाइँ सरेर आउने परिवारलाई ३० हजार रुपैँया भत्ता दिने काम गाउँसभाबाट निणर्य गरे ।साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो ।

सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने, नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौँ । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना उनले बताए । पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन, गाउँमा बस्न कोहि मान्दैमान्दैन, उनले भने ।गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नं। २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक, ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.