नेपालमा बोइङ भित्राउने पूर्वसचिव ईश्वरलाल श्रेष्ठको निधन

मंसिर,४ काठमाडौं । नेपालमा बोइङ भित्राउने पूर्वसचिव ईश्वरलाल श्रेष्ठको गएराति १ बजे ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो ।

उनले उद्योग तथा वाणिज्य मन्त्रालय, शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिवको रुपमा काम गरेका थिए । शिक्षाविदको रुपमा समेत परिचित श्रेष्ठले शंकरदेव क्याम्पसको स्थापनामा योगदान पुर्‍याएका थिए । उनी वाणिज्य शास्त्रको जानकारको रुपमा पनि चिनिन्छन् ।
तीन दशकअघि श्रेष्ठ पर्यटन सचिव रहेका बेलामा अमेरिकाबाट ल्याइएको बोइङ विमानले अहिलेसम्म नेपाल वायु सेवा निगमको शाख जोगाइरहेको छ ।पूर्वसचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.