श्रीलंका अझै पनि राजनीतिक संकटमा

श्रीलंका अझै पनि राजनीतिक संकटमा

मंसिर,३ काठमाडौं । श्रीलंकामा जारी राजनीतिक संकट समाप्त हुने तत्काल संकेत अझै पनि देखिएको छैन ।यस्ता समस्याको समाधान गर्न आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सर्वदलीय बैठक बोलाए तर बैठक निष्कर्षविहीन भयो।प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई हटाएर दुई पटक राष्ट्रपति बनिसकेका महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर संसदमा आफ्नो बहुमत रहेको भन्दै विक्रमासिंघे पदबाट हटेका थिएनन् ।

त्यसैबीचमा राष्ट्रपति सिरिसेनाले संसद विघटन गरेका थिए । उक्त निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट संसदले प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको थियो । यही विवादका कारण संसदमा समेत दुई पक्षका सांसदबीच कुटाकुट भएको थियो ।यो राजनीतिक द्वन्द्वका बीच आइतबार पहिलोपटक राजपाक्षे र विक्रमासिंघे पक्षका नेताहरु बैठकमा आमने(सामने भएका थिए । बैठकमा विक्रमासिंघेको पार्टीका नेताहरुले राष्ट्रपति सिरिसिनाको चर्को विरोध गरेको थियो । विक्रमासिंघेले आफूलाई गरिएको बर्खास्तगी असंवैधानिक र

बैठकमा सभामुख कारु जयसूर्या पनि अनुपस्थित रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव पारित भएलगत्तै सभामुख जयसूर्याले अब देश प्रधानमन्त्रीविहीन रहेको प्रतिक्रिया दिएका थिए ।
अझै पनि

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.