दुधौली नगरपालिकामा पहिलो पटक दनुवार सांस्कृतिक महोत्सव

दुधौली नगरपालिकामा पहिलो पटक दनुवार सांस्कृतिक महोत्सव

दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुनेभएको छ । आज मंसिर ३ गते नगरपालिका–६ हर्षाहीमा महोत्सवको आयोजना गरिने भएको हो । दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले जानकारी दिए । दनुवार समुदायको महानपर्व बड्की एकादशी हरिबोधिनी एकादशी को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको उनले बताए ।
महोत्वसमा दनुवार समुदायले दैनिकजसो प्रयोग गर्ने माछाको परिकार, घुँगी, बयिया रोटी लगायतका परिकार दनुवार संस्कृति अनुसार बनेका घरभित्र बसेर खाने व्यवस्था महोत्वसमा गरिने पनि आयोजकले जनाएको छ ।महोत्सवमा बड्की नाच, दनुवार संस्कृतिको घरलगायत दनुवार समुदायसँग सम्बन्धित अन्य नाच तथा भौतिक संरचना देखाइने छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.