पेट र छाती जोडिएका जुम्ल्याहा बालिकाको जन्म

पेट र छाती जोडिएका जुम्ल्याहा बालिकाको जन्म

मसींर,३ सुर्खेत ।रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकालार्इ जन्म दिइएको हो ।

पेट र छाती जोडिएर जन्मिएका ती बालिकाको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिए । उनका अनुसार आमाको अवस्था भने सामान्य छ ।जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनको भनाइ छ । ‘पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो,’ डा शाहले भने, ‘एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।’

सहयोगको याचना

यस्ता बालबालिकाको शल्यक्रिया सफल हुनसक्ने उनको भनाइ छ । बालिकाको जीवन बचाइदिन ललिताले सरकारसँग सहयोगको याचना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.