सामुदायिक लघुवित्त संस्थाले आज देखि ३ कराेडकाे साधारण सेयर बिक्री खुलायो

सामुदायिक लघुवित्त संस्थाले आज देखि ३ कराेडकाे साधारण सेयर बिक्री खुलायो

मसींर २,काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ३ लाख कित्ता आईपिओको आज आइतबारदेखि बिक्री खुला गरेको हो । ३ लाख कित्ता आईपिओमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएकाले सर्वसाधारण लगानीकर्ताले भने दुई लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन दिन पाउने बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले जनाएको छ ।

यस शेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता तथा अधिकतम १५ सय कित्ताका लागि आवेदन गर्न पाइनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट ७७ वटै जिल्लाबाट आवेदन दिन सक्नेछन् । ‘मेरो शेयर’का प्रयोगकर्ताले भने अनलाइनबाटै आवेदन गर्न सक्नेछन् । यही मंसिर ५ गतेसम्म आवेदन दिन मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.